Thursday, April 6, 2017

तामाको भाँडोमा राखिएको पानी पिउँदा के हुन्छ ? थाहापाई राख्नुहोस (सेयर गरि सबैलाई जानकारी दिउँ)

आयुर्वेदमा तामाको भाँडोमा राखिएको पानी पिउँदा तीनवटा मुख्य दोष बात, कफ र पित्त सन्तुलित गर्ने उल्लेख छ। आठ घन्टासम्म तामाको भाँडोमा पानी राखेर खाँदा स्वास्थप्रद हुने भनिएको छ, जसलाई संस्कृतमा तमरा जलको नाम दिइएको छ। आयुर्वेद भन्छ, ‘तामाको भाँडामा राखिएको पानी कहिल्यै पनि बासी हुँदैन, लामो समयसम्म पिउन सकिन्छ।’

तामाको भाँडामा पानी पिउँदा फाइदा हुन्छ भन्ने कुरा तपाईंले पनि सुन्नुभएकै होला। प्रयोग पनि गर्नुभएको होला। तर ठ्याक्कै फाइदा के छ त? थाहा नभए अब पढनुस्।

१. पाचन क्रिया सक्रिय बनाउँछ
धेरैजनामा अहिले पाचन प्रणालीको समस्या छ। तामाको भाँडामा पानी राखेर खाए पेटका सबै अङ्गले ऊर्जा पाउँछन्। यसबाट पेटभित्र रहेका हानिकारक व्याक्टेरिया मर्नुका साथै पेटको जलन, अल्सर, इन्फेक्सन आदिमा निकै राहत दिन्छ।
कलेजो र मृगौलाको सक्रियतामा पनि यो पानीले फाइदा दिन्छ। शरिरभित्रका हानिकारक वस्तु निष्काशन र खानाको पोषण ग्रहण गर्दै शरिरभरि सञ्चार गर्दछ।
यदि तपाईं पाचन प्रणालीको सक्रियता चाहनुहुन्छ भने हरेक राति तामाको भाँडोमा पानी राख्नुस्, विहान खाली पेटमा एक गिलास पिउनुस्। अनि थाहा पाउनु हुनेछ यसको गुण।

२. मोटोपना नियन्त्रण
मोटोपना पनि धेरैजनाको लागि चिन्ताको विषय हो अहिले। फाइबरयुक्त खानाले मोटोपनामा केही राहत दिन्छ, योसँगै तामाको भाँडामा पानी पिउँदा तौल नियन्त्रणमा आश्चर्यजनक सफलता हात लाग्छ। बोसो पगाल्ने र शरिरको विकार निष्काशन गरेर मोटोपना नियन्त्रण गर्न यो पानीले उल्लेख्य योगदान गर्दछ।

३. घाऊ, खटिरा छिटो निको पार्छ
तामामा व्याक्टेरिया, भाइरसको संक्रमण फैलिन नदिने तथा शितकारी गुण भएको हुँदा घाऊ, खटिरा, चोटपटक छिटो निको पार्न फाइदा पुग्छ। रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी शरिरमा नयाँ कोष निर्माणको लागि पनि यसको योगदान रहन्छ।

४. तन्नेरीपना कायम राख्ने
निधारमा रेखा खुम्चिएको, अनुहार चाउरी पर्न थालेसँगै धेरैजना चिन्ताले पिरोलिन्छन्। जो पनि आफूलाई तन्नेरी भइराख्न पाए हुन्थ्यो भन्ने चाहना राख्छन्। यो प्राकृतिक कुरा हो, जो पनि वृद्ध नभई बस्न सक्दैनन्, तर तामाको भाँडामा पानी राखेर पिउन थालिन्छ, तब आफ्नो बुढ्यौलीपनाबाट केही समय भएपनि जोगिन सकिन्छ।
तामा एन्टिअक्सिडेन्ट र शरिरमा नयाँ कोष निर्माता भएको हुँदा शरिरको तन्दुरुस्तीमा यसले फाइदा पु¥याउने गर्दछ।

५.मुटुको सक्रियता र तनाव नियन्त्रण
अति कार्यव्यस्तता र मानसिक अभ्यास बढिरहँदा हाम्रो मुट सञ्चालन प्रक्रियामा अवरोध आउन सक्छ। मानसिक तनावले रक्तचाप, हृदयघातजस्तो समस्या पनि आइपर्न सक्छ। तामाको भाँडामा राखिएको पानी नियमित पिउन सके यो खतराबाट धेरै हदसम्म टाढा रहन सकिन्छ। अमेरिकन क्यान्सर सोसाइटीले यो तथ्य पुष्टि गर्दै भनेको छ, ‘रक्तचाप, मुटुको धड्कन, कोलेस्ट्रोल नियन्त्रणमा फाइदा पु¥याउने रसायन तामामा हुन्छ।’

६. क्यान्सरबाट जोगाउँछ
अहिले धेरैजना क्यान्सरबाट त्रसित छन्। तामाको भाँडोमा नियमित पानी सेवन गरे क्यान्सरबाट टाढै बस्न सकिन्छ। तामामा एण्टिअक्सिडेन्ट र फ्री¥याडिकल प्रवाहमा नियन्त्रण गर्नसक्ने क्षमता हुन्छ। यसको नियन्त्रणले क्यान्सरविरुद्ध लड्न निकै सहयोग पुग्ने अमेरिकन क्यान्सर सोसाइटीले गरेको अध्ययनमा उल्लेख छ।

७. ब्याक्टेरिया नियन्त्रण
तामामा ब्याक्टेरिया स्टेरलाइज गर्नसक्ने क्षमता हुन्छ। अहिले सबभन्दा बढी संक्रमण फैलाउने ई. कोली र एस. एरस नामक दुई व्याक्टेरिया नियन्त्रणमा तामाको भाँडाको अपार योगदान हुन सक्छ। पानीबाट सिर्जना हुने डायरिया, जण्डिसजस्ता रोगबाट टाढा बस्न पनि तामाको भाँडाको पानी निकै फलदायी हुन्छ। गरिब मुलुकका नागरिक तथा हतारमा रहने व्यक्तिहरुको लागि तामाको भाँडो किफायती विकल्प हो।

८. दिमागी सक्रियता
चुस्त दिमागको लागि तामाको भाँडामा राखिएको पानी नियमित पिउन आयुर्वेदले सुझाएको छ। तामामा फस्फोलिपिड सिन्थेसिसमा योगदान दिनसक्ने तत्व हुन्छ, जुन दिमागी सक्रियतामा यसको निकै महत्व छ। मस्तिष्कमा एक न्युरोनदेखि अर्को न्युरोनसम्म सूचना प्रवाह गर्ने सिनेप्सी नामक प्रक्रियालाई ऊर्जा दिन तामाको अतुलनीय योगदान हुन्छ।

९. थाइराइड ग्रन्थीको सक्रियता
चिकित्सकीय विश्लेषणका अनुसार, शरिरमा तामाको मात्र कम भएमा थाइराइड रोगले सताउँछ। तामामा यथेष्ट परिमाणमा टे«ेस मिनरल पाइन्छ, जसमा राखिएको पानी नियमित सेवन गरे थाइराड ग्रन्थीको सक्रियतामा फाइदा पुग्छ।

१०. अर्थराइटिस र जोर्नी दुखाइ नियन्त्रण
तामामा शरिरका अंगहरु जलन हुनबाट जोगाउने गुण छ। रोग प्रतिरोधात्मक क्षमता र हाडको मजबुतीमा पनि तामाले फाइदा दिने हुँदा यी रोगबाट निकै राहत प्राप्त हुन्छ।

११. छालाको स्वस्थता
तामामा अर्को महत्वपूर्ण तत्व मेलानिन उत्पादनमा सहयोग गर्ने गुण पाइन्छ। मेलानिनले आँखा, कपाल र छालाको सौन्दर्य कायम राख्न योगदान दिन्छ। शरिरमा नयाँ कोष निर्माण र पुरानालाई ऊर्जा प्रवाह गरिरहने हुँदा तामाको भाँडाको पानीले फाइदा पुग्छ। मुहारमा चायाँ, पोतो, डण्डिफोर आदिबाट बचाउन पनि यसले राहत दिन्छ। खासगरी राति तामाको भाँडामा राखिएको पानी विहान खाली पेटमा सेवन गर्न आयुर्वेदले सिफारिस गरेको छ।

१२. रक्तअल्पताबाट जोगाउने
शरिरमा फलामको पनि आवश्यकता पर्दछ। फलामको अभावले मानिसमा रगतको कमी हुने, मुहारको चमक हराउने हुन्छ। तामाको भाँडोमा राखिएको पानीको माध्यमले शरिरले खानामा भएको फलाम शोषण गर्न सहज हुन्छ। फलामको पर्याप्त आपूर्ति भएपछि शरिरमा रक्त संचार राम्रो हुने गर्दछ।


Thursday, March 30, 2017

Bratabanda Set (NEWARS)

Items list for Bratabanda (Newars):
१. अर्ग
२. त्रिकुटी
३. पञ्चपात्र
४. आचमानी
५. भिक्षापात्रो
६. सहस्रधारा

Thursday, February 23, 2017

Jwokota Details

You can find Jwokota set for your marriage in our shop. We provide at a sum of Rs. 1500. It consists of 14 items listed below:

तपाईँले हाम्रो पसलमा ज्वक्वोत: पाउन सक्नुहुन्छ। हामी रु. १५००मा ज्वक्वोत: उपलब्ध गराउँछौँ। जवक्वोत:मा पाइने १४ सामान यस प्रकार छन्:
1. Kwota (कोत:) - 2 pcs
2. Panas (पानस) - 2 pcs
3. Kalas  (कलश) - 2 pcs
4. Mye (मय्) - 2 pcs
5. Sukunda + Sumicha (सुकुन्दा + सुमिचा) - 2 (1,1 pc)
6. Chilakh (चिलाख) - 1 pc
7. Chimu (चिमु) - 4 pcs
8. Dhaupati (धौपति) - 4 pcs
9. Samdani (सामदानी) - 2 pcs
10. Gwebatta (ग्वयबाटा) - 1 pc
11. Gwe poka (ग्वय पोका) - 1 pc
12. Tuti bagi (तुति वगि) - 1 set

Terms and Conditions for Jwokwota:
1. From all the objects mentioned above, you are required to check for any damages or in condition of not, if no, you are required to inform us.
2. If we find any kind of damage or anything missing from above list, you are liable to pay the equivalent amount for damage or anything missing.
3. We request you to return items on the prescribed date. If they are not returned on prescribed date, we are liable to charge twice the amount.